खेलकूद

आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको विजयी शुरुवात, चेन्नई १६ रनले पराजित

हिमालय टिभी
२०७७ असोज ७ गते ७:३४
आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको विजयी शुरुवात, चेन्नई १६ रनले पराजित

७ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल)मा राजस्थान रोयल्सले विजयी शुरुवात गरेको छ ।

लीग अन्तर्गत आफ्नो पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि १६ रनको जित निकालेको हो । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय रनमात्र बनाउन सक्यो ।

उसका लागि फाफ डुप्लेसिसले ७२ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै शेन वाट्सनले ३३ तथा कप्तान महेन्द्र सिंह धोनीले २९ रन बनाए । बलिङमा राजस्थानका राहुल टिवाटियाले ३ विकेट लिए ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय १६ रनको योगफल तयार पारेको थियो । उसका लागि सञ्जु सामसनले ७४ तथा कप्तान स्टेभेन स्मिथले ६९ रन बनाए ।

बलिङतर्फ चेन्नईका साम कुरानले ३ विकेट लिए । सञ्जु सामसन म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत आज साविक विजेता मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्