समाज

रोल्पाका विद्यालयमा पठन पाठन शुरु, विद्यार्थी दंग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते २०:१६
रोल्पाका विद्यालयमा पठन पाठन शुरु, विद्यार्थी दंग (भिडियोसहित)

६ असोज, २०७७, रोल्पा । कोरोना भाइरस संक्रमणकैबीचमा रोल्पामा विद्यालय संचालन भएका छन् । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पालना गरी विद्यालय सञ्चालन गरिएको हो ।

रोल्पाका ४ सयभन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा कोठामै पठनपाठन सुरु गरेका छन् ।

रोल्पाका माडी, परिवर्तन र त्रिवेणी गाउँपालिकाले असोज १ गतेदेखि नै विद्यार्थीलाई कक्षा कोठामै राखेर पढाइरहेका छन । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा कुनै क्षेत्र विशेषमा नियमित विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था छ । नयाँ शैक्षिक सत्रको झन्डै आधा वर्षपछि विद्यालय जान पाउँदा विद्यार्थी खुसी छन् ।

रोल्पाका १० स्थानीय तहमध्ये ३ वटाले विद्यालयमै कक्षा सञ्चालन गरिसकेका छन् । अन्य तहमा पनि त्यसको तयारी भइरहेको छ । दुर्गममा अनलाइन र टेलिभजन कक्षाको सम्भावना नभएको र विद्यार्थीको घर नजिकै टोलमा पुगेर कक्षा संचालन गर्न पनि समस्या छ । त्यसैले स्वास्थ्य सावधानी अपनाएर विद्यालयमै कक्षा संचालन गर्नुको विकल्प नभएको शिक्षक बताउँछन् ।

कोरोना माहामारीका कारण अहिले अधिकांश विद्यालय बन्द छन् । संक्रमण कम भएका जिल्लामा शैक्षिक गतिविधि अघि बढाउने सरकारको तयारी छ । त्यसै अनुसार रोल्पाका स्थानीय तहले विद्यालयमै पठन पाठन शुरु गरेका हुन् । रोल्पामा ४०३ सामुदायिक र ३० वटा संस्थागत विद्यालय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *