आर्थिक

दशैंका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले तीन हजार खसीबोका किन्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते १४:३७
दशैंका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले तीन हजार खसीबोका किन्ने (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंका लागि वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा बेच्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा किन्न लागेको हो ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी/बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख, योजना विभाग खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका किन्न अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । संस्थानले पहिले जस्तै यो वर्षपनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बेच्नेछ ।

यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने सुवेदीले जानकारी दिनुभयो । संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *