आर्थिक

सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो

हिमालय टिभी
२०७७ असोज ६ गते १२:५७
सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो

६ असोज, २०७७ काठमाडौं । सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले घटेको छ ।

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको आज प्रतितोला मूल्य १७ सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

कोरोना भाइरसका कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा लगानीका वातावरणहरु फराकिलो बन्दै जानु,सुनमा भएको लगानी घट्दै अन्त लगानी थपिनु जस्ता कारणले मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *