विदेश

कोरोनाविरुद्धको खोप विकासमा विश्वमा १ सय ५६ मुलुकको सहभागिता

हिमालय टिभी
२०७७ असोज ६ गते १२:४३
कोरोनाविरुद्धको खोप विकासमा विश्वमा १ सय ५६ मुलुकको सहभागिता

६ असोज, २०७७ काठमाडौं । विश्वका १ सय ५६ देशले कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् ।

को–भ्याक्स नाम दिइएको कोरोना भाइरसविरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीनबाहेक विश्वभरका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व स्वास्थ्य संगठन बताएको छ ।

यो अभियानले भविष्यमा खोप वितरणमा गरिब देशलाई सहजिकरण गर्ने डब्लुएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् ।

महामारीबाट सक्दो पार पाउन सबै देशका केही मानिसलाई खोप लगाउनु उत्तम रणनीति हुने उनले बताए । आगामी वर्षसम्म २ अर्ब खोपको मात्रा उपलब्ध गराउने अभियानको लक्ष्य छ ।

कोभ्याक्स अभियान अन्तर्गत स्वास्थ्यकर्मी, बुढाबुढी तथा पुराना रोगी र जोखिममा रहेकालाई खोपमा प्राथमिकता दिइने छ । खोप वितरणका लागि ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिए पनि स्रोत नजुटिसकेको डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *