नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक चितवनमा
६ असोज, २०७७ चितवन । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज चितवनमा बस्दैछ ।
क्रिकेटका आगामी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको बताइएको छ । देशभरका पदाधिकारीको सहभागिता सहज होस् भन्दै बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
बैठकमा यस वर्षका लागि खेलाडीसँग गरिने सम्झौताका विषयमा छलफल हुने जनाइएको छ । त्यस्तै आर्थिक गतिविधि अनुमोदन लगायत क्यानले अपनाउने रणनीतिका विषयमा समेत छलफल हुनेछ ।
क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना पनि बनाएको छ । साधारणसभाका लागि २१ दिने सूचना जारी गर्नुपर्ने भएकाले आजको बैठकले यसबारे निर्णय गर्नेछ ।
यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल थियो । आजको बैठकमा कप्तान ज्ञानेन्द्र मल्ल र कार्यवाहक प्रशिक्षक जगत टमट्टाको पनि सहभागिता रहनेछ ।
प्रतिक्रिया