चीनमा नयाँ संक्रमण देखियो, सयौ मानिस बिरामी

६ असोज, २०७७ बेइजिङ । चीनमा फेरि एउटा नयाँ संक्रमण देखा परेको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।
उत्तर पश्चिमी क्षेत्रस्थित गान्सु प्रान्तको लानजोउ सहरमा नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको ग्लोबल टाइम्सले उल्लेख गरेको हो। संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको बताइएको छ।
गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले उक्त ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेको जानकारी दिएको छ। एक साता अघि २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा ४ हजार भन्दा बढीको नतिजा पोजिटिभ आएको थियो।
यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। ग्लोबल टाइम्सले ११ सरकारी संस्थालाई यसको निःशुल्क परीक्षण र उपचारका लागि भनिएको छ जनाएको। ब्रुसेलोसिस ब्याक्टेरियाले विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमण गर्छ।
अनि संक्रमित जनावरको सम्पर्कमा पुगेपछि मानिसमा पनि सर्ने सम्भावना हुन्छ। यस्तै संक्रमित पशुको मासु, दूध खाँदा समेत ब्याक्टेरिया सर्छ भने हावाबाट पनि मानिसको श्वासप्रश्वासमा प्रवेश गरी फैलिन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।
त्यस्तै रोग जनावरको दूध वा पनिरको सेवनले मानिसमा सरिररहेको विश्व स्वास्थ्य संगठनले बताएको छ। ब्रुसेलोसिस ब्याक्टेरिया मानिस-मानिसकाबीचमा संक्रमण फैलिने सम्भावना निकै कम छ। रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको डब्लुएचओले जनाएको छ।
प्रतिक्रिया