इंग्लिस प्रिमियर लीगमा म्यानचेष्टर सिटी र एष्टन भिल्लाको विजयी शुरुवात

६ असोज, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी र एष्टन भिल्लाले विजयी शुरुवात गरेका छन् ।
उल्फ्सलाई ३–१ गोलले हराउँदै सिटीले लीगमा शानदार शुरुवात गरेको छ । अवे मैदानमा भएको खेलमा सिटीका लागि केविन डी ब्रुनी, फिल फोडिन र गेबरियल जिसस गोल गरेका थिए।
उल्फ्सका लागि राउल जिमिनेज एक गोल फर्काए । २० औं मिनेटमा पाएको पेनाल्टीलाई ब्रुनीले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा फोडिनले गोल थप्दै सिटीको अग्रता दोब्बर पारे ।
उल्फ्सका लागि ७८ औं मिनेटमा जिमिनेजले एक गोल फर्काए। त्यसपछि इञ्जुरी समयको पाँचौं मिनेटमा जिससले गोल गरेपछि सिटी ३–१ ले विजयी भएको हो ।
गएराति नै सम्पन्न अर्को खेलमा एष्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १० गोलले पराजित गरेको छ । भिल्लाको जितमा ६३ औं मिनेटमा इरी कोन्साले गरेको गोल नै निर्णायक बन्यो ।
सेफिल्डका जोन इगनले खेलको १२औं मिनेटमा रातो कार्ड पाएका थिए । सेफिल्डको यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया