खेलकूद

आइपीएलमा बैंग्लोरको विजयी शुरुवात, हैदरावाद १० रनले पराजित

हिमालय टिभी
२०७७ असोज ६ गते ७:४५
आइपीएलमा बैंग्लोरको विजयी शुरुवात, हैदरावाद १० रनले पराजित

६ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी शुरुवात गरेको छ ।

लीग अन्तर्गत आफ्नो पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो । १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ दशमलव ४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो ।

उसका लागि जोनी बेरिस्टोले ६१ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै मनिष पाण्डेले ३४ तथा प्रियम गार्गले १२ रन बनाए । बलिङमा हैदराबादका युजभेन्द्र चहेलले ३ तथा शिवम डुबे र नभदिप सैनीले समान २–२ विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

उसका लागि देवदत्त पडीक्कलले ५६ तथा एबी डीभिलियर्सले ५१ रन बनाए । बलिङतर्फ हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अभिषेक शर्माले समान १(१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्