आर्थिक

भित्राउने बेलामा धानमा फड्के किराको प्रकोप, भोकमरीको चिन्तामा किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ५ गते १७:०३
भित्राउने बेलामा धानमा फड्के किराको प्रकोप, भोकमरीको चिन्तामा किसान (भिडियोसहित)

५ असोज, २०७७, कञ्चनपुर । कञ्चनपुरका किसानका धानबालीमा फड्के किराले क्षति गरेको छ । असार–साउनमा लगाएको धानबाली भित्र्याउने बेलामा किराले नस्ट गर्न थालेपछि भोलिका दिनमा भोकमरीमा परिन्छ कि भन्ने किसानलाई चिन्ता भएको छ ।

कञ्चनपुरका किसान अहिले दोहोरो मारमा परेका छन् । कोरोना संक्रमण जोखिमका कारण कामका लागि बाहिर जान पाएका छैनन् । अघिल्ला वर्ष खेतीको विकल्पमा मजदुरी गर्न भारत जाने गरेका थिए ।

यो वर्ष लकडाउनका कारण कहीँ जान पाएनन् । काममा जान नपाएका उनीहरुले खेतमा लगाएको धानबाली पनि किराले नष्ट गरेको छ । अब वर्ष भरि परिवार कसरी पाल्ने भन्ने चिन्ताले किसानलाई पिरोलिरहेको छ ।

भित्र्याउने बेला हुनै लागेको धानबाली किराले नष्ट गरेपछि किसानले छाक टार्नका लागि सरकारसँग सहयोग मागेका छन् ।

कञ्चनपुरका विभिन्न ठाउँमा फड्के किराको प्रकोप रहेको बारेमा कृषि ज्ञान केन्द्र पनि बेखबर छैन । तर उसले ठूलो सहयोग गर्न सक्ने अवस्था पनि छैन । आकस्मिक बाली संरक्षण कोषबाट सामान्य सहयोग भने गरिरहेको छ ।

किसानले बर्सेनि केही न केही समस्या बेहोरिरहेका छन् । तर समाधानका लागि दीर्घकालिन ठोस नीतिभन्दा टालटुले काम मात्रै भइरहँदा समस्या दोहोरिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *