विदेश

भारतको महाराष्ट्रमा भवन भत्किँदा कम्तिमा ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ५ गते १३:५१
भारतको महाराष्ट्रमा भवन भत्किँदा कम्तिमा ८ जनाको मृत्यु

५ असोज, २०७७ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा एक तीन तले भवन भत्किँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

महाराष्ट्र राज्यको ठाणे जिल्ला अन्तर्गत भिवन्डी भन्ने ठाउँमा एक पुरानो भवन भत्किँदा ८ जनाको मृत्यु भएको हो ।

५ जनाको जिवितै उद्दार गरिएको भवनमा अझै कैयन् मानिस पुरिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९ सय ८४ मा बजेको भवनको आधा भाग भत्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *