विदेश

विश्वमा कोरोना संक्रमित र मृतकको संख्यामा केही कमी, भारतमा स्थिर

हिमालय टिभी
२०७७ असोज ५ गते ७:४५
विश्वमा कोरोना संक्रमित र मृतकको संख्यामा केही कमी, भारतमा स्थिर

५ असोज, २०७७ काठमाडौं । पछिल्लो केही समययता विश्वमा कोरोना संक्रमित तथा मृत्यु हुनेको संख्या घटेको छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका र ब्राजिलमा दैनिक संक्रमित हुनेको संख्यामा कमी आइरहेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा बितेको २४ घण्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिए ।

अमेरिकामा संक्रमित संख्या ७० लाख नाघेको छ । उता संक्रमित संख्याका आधारमा दोस्रो स्थानको भारतमा ८७ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।

भारतमा भने दैनिक संक्रमित हुनेको संख्या स्थिर रहेको छ । त्यहाँ संक्रमित संख्या ५४ लाख भन्दा बढी रहेको छ । त्यस्तै तेस्रो स्थानको ब्राजिलमा १६ जना संक्रमित थपिएका छन् । आइतबार विश्वभर २ लाख ४३ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार भन्दा बढीको संक्रमणकै कारण मृत्यु भएको छ । सबैभन्दा बढी भारतमा १ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म २ लाख भन्दा बढी, ब्राजिलमा १ लाख ३६ हजार भन्दा बढीको संक्रमणका कारण मृत्यु हुँदा भारतमा ८७ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *