आइपीएलमा दिल्ली क्यापिटल्सको विजयी शुरुवात
![आइपीएलमा दिल्ली क्यापिटल्सको विजयी शुरुवात](https://www.himalayatv.com/wp-content/uploads/2020/09/IPL_delhi.jpg)
५ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल)मा दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ ।
लीग अन्तर्गत गएराति सम्पन्न आफ्नो पहिलो खेलमा दिल्लीले किंग्स एलाभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको हो । १ सय ५७ रनको लक्ष्यसहित मैदान ओर्लेको पञ्जाबले निर्धारित २० ओभरमा १ सय ५७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पञ्जाबले २ रनमात्र बनाउन सक्यो भने दिल्लीले ३ रनको सामान्य लक्ष्य २ बलमै भेट्टाएको थियो । यसअघि १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबका मयंक अग्रवालले सर्वाधिक ८९ रन बनाएका थिए ।
बलिङ्मा दिल्लीका काशिगो रबाडा, रविचन्द्रन आश्विन र मार्कस स्टोइनिसले समान २(२ विकेट लिए । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ् गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो ।
उसका लागि मार्कस स्टोइनिसले ५३ तथा कप्तान श्रीयस अइयरले ३९ रन बनाए । बलिङ्मा पञ्जाबका मोहम्मद सामीले ३ तथा सेल्डन कोट्रेलले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया