खेलकूद

इंग्लिस प्रिमियर लीगमा लिभरपुल र लेष्टर सिटीको लगातार दोस्रो जित

हिमालय टिभी
२०७७ असोज ५ गते ७:३६
इंग्लिस प्रिमियर लीगमा लिभरपुल र लेष्टर सिटीको लगातार दोस्रो जित

५ असोज, २०७७, काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक लिभरपुल र लेष्टर सिटीले लगातार दोस्रो जित निकालेका छन् ।

लिभरपुलले चेल्सीलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफको इन्जुरी समयमा आन्द्रेयास क्रिष्टेन्सनले रातो कार्ड पाएर मैदान छोडेपछि चेल्सी १–० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफमा लिभरपुलले लगातार दुई गोल गर्न सफल भएको थियो । उसका लागि साडिओ मानेले दुबै गोल गरे । मानेले ५० र ५४ औं मिनेट गरी दुई गोल गरे । जारी लीगमा लिभरपुलको यो लगातार दोस्रो जित हो भने चेल्सीले पहिलो हार व्यहोरेको छ ।

लीग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा शीर्ष स्थानको लेष्टर सिटीले बर्नलीमाथि ४२ गोलको जित निकालेको छ । लेस्टरको जितमा हार्भी बार्नेस, जेम्स जस्टिन र एरिक प्राएटले एक(एक गोल गरे । एक गोल उसले आत्मघातीको रुपमा पाएको थियो । बर्नलीका लागि क्रिस वूड र डुनीले एक(एक गोल गरेका थिए ।

यसअघि सम्पन्न खेलमा टोटेनह्यामले साउथह्याम्टनमाथि ५–२ तथा ब्राइटनले न्यूक्यासलमाथि ३–० को जित दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्