खेलकूद

खेलाडीको चित्त दुखाउने सरकारको कदम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते २०:५९
खेलाडीको चित्त दुखाउने सरकारको कदम (भिडियोसहित)

४ असोज, २०७७ काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई पदक दियो । खेलकुद क्षेत्रमा योगदान पुर्याएका केही व्यक्ति पनि विभूषित भए । तर नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक दिलाउने खेलाडीलाई भने सरकारले समेटेन ।

तर प्रतियोगिता आयोजनाको गर्ने केही पदाधिकारी भने विभूषित भए । नेतृत्व तहका व्यक्ति विभूषित हुँदा खेलाडीलाई उपेक्षा गरेको भन्दै यसको आलोचना भैरहेको छ । खेलाडि र पूर्व खेलाडीको यसमा चित्त दुखाई छ ।

संविधानसभाबाट जारी भएको संविधानले आइतबार पाँचौ वर्ष पूरा गर्यो । कोरोना भाइरसका संक्रमणको जोखिमकाबीच पनि सरकारले आइतबार संविधान दिवस भव्यताका साथ मनायो । दिवसमा राष्ट्रलाई योगदान पुर्याएका केही मानिस विभूषित पनि भए ।

धेरै क्षेत्र समेटिएको मध्ये खेलकुद क्षेत्रका पनि केही परे । नेतृत्व तहका पदाधिकारी विभूषित हुँदा १३औं सागमा पदक दिलाउने खेलाडी भने पदकबाट टाढा रहे । दक्षिण एसियाकै मेगा इभेन्ट मध्येको सागमा स्वर्ण जित्नेलाई उपेक्षा गरेकोमा खेलाडि र पूर्व खेलाडिको चित्त दुखेको छ ।

समय अनुसार खेल क्षेत्र र खेलाडीलाई महत्व दिनुपर्ने हो, तर दिन बित्दै जाँदा खेल क्षेत्र उपेक्षित हुँदै गएको र गणतन्त्र आएपछि नेपाली खेलकुदलाई बेवास्ता गरिएको उनीहरुको गुनासो छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट १९ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरु पदक तथा विभूषणबाट विभूषित भएका छन् । तर खेललाई नै जिवन दिएर राष्ट्रका लागि पदक दिलाउन लक्ष्य राखेका खेलाडी सरकारको नजरमा परेनन ।

राखेपले १३औं सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो । तर, एक जना पनि पदकका लागि योग्य ठानिएनन ।

खेलाडीले दिलाएको सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो । तर पदक दिलाउने सबै खेलाडी ओझेलमा परे । खेलाडि नजरमा नपरेपनि सरकारले आफ्ना आशे पासेलाई भने पद दिएको छ । यसले गणतन्त्र आए पनि सामन्ती सोंच नफेरिएको प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्