लोकस्टार विजेता शनिको पहिलो गीत ‘झुम्का झलक्कै’ सार्वजनिक

काठमाडौं । नेपालको पहिलो लोकस्टार विजेता शनि विश्वकर्माको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गायक विश्वकर्माको पहिलो गीत ंझुम्का झलक्कै’ सार्वजनिक गरिएको हो । गीतमा शनिलाई चर्चित लोक दोहोरी गायिका विष्णु माझीले साथ दिनुभएको छ ।
गीतको रचना तथा संगीत शिव हमालले गर्नुभएको छ भने संगीत संयोजन आशिष अभिरलले गर्नुभएको छ । म्यूजिक भिडियोको निर्देशन गम्भीर विष्टको रहेको छ भने नृत्य निर्देशन सुवोध थापाले गर्नुभएको छ ।
भिडियोको छायाँकन नवराज उप्रतीले गर्नुभएको छ । भिडियोमा अभिनय गायक विश्वकर्माहसहित सागर लम्साल, रियाशा दाहाल, चक्र बम, गीता ढुंगानाको रहेको छ । ‘लोकस्टार हेरिरहँदा आफूलाई अत्यन्त मन परेको व्यक्ति शनि नै थिए, संयोगबस यो गीत आफैले गर्न पाउँदा निकै आनन्द भएको छु’, हिमालय टेलिभिजनलाई प्रतिक्रिया दिँदै गीत तथा संगीतकार शिव हमालले भन्नुभयो, ‘यो गीतले नेपाली लोक संगीत बजारमा ठूलै छाप छोड्ने म ढुक्क छु ।’
यता गायक शनिले भने पहिलो लोकस्टार भएको धेरै समय भइसकेकाले बजारमा आफ्नो गीत कहिले आउँछ भन्दै धेरैले सोध्ने गरेको भन्दै भन्नुभयो, ‘धेरैले सोध्नुहुन्थ्यो, कहिले आउँछ गीत भनेर । यो कुराबाट हैरान भएको थिएँ । तर आज ती सबै प्रश्नको जवाफ एकमुष्ठ दिन पाएको छु । त्यसैले धेरै खुशी छु ।’
आफ्नो पहिलो गीत भएकाले साथ दिन पनि गायक विश्वकर्माले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया