आर्थिक

बोयर जातका खसीबाख्रा पालन, धेरै तौल अनि धेरै नाफा ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते १४:१५
बोयर जातका खसीबाख्रा पालन, धेरै तौल अनि धेरै नाफा ! (भिडियोसहित)

४ असोज, २०७७, दाङ । बोयर जातका खसीबाख्रा पालनमा दाङका किसानको आकर्षण बढदै गएको छ । स्थानीय जातका भन्दा बोयर जातको खसी बाख्राको तौल धेरै हुने र धेरै नाफा हुने भएकाले किसानको आकर्षण बढेको हो ।

विदेशमा १२ वर्ष पसिना बगाएर फर्केका दाङ तुलसीपुर उपमहानगरपालिका ३ डाँडाखुट्टीका मानबहादुर केसी ४ वर्षदेखि बाख्रा पालनमा सक्रिय हुनुहुन्छ ।

१५ वटा स्थानीय बाख्रा र दक्षिण अफ्रिकी बोयर जातको ३ लाखको एउटा बोका किनेर बाख्रा पाल्न थालेका केसीको गोठमा अहिले १ सय ४० वटा खसीबाख्रा छन । उहाँले बै‌ंकबाट ६० लाख रुपैयाँ ऋणसमेत गरे कूल डेढ करोड लगानी गर्नु भएको छ ।

मानबहादुर मात्रै हैन उहाँको परिवारका ३ दाजुभाइ नै कृषिमा सक्रिय छन् । केसीको परिवारले गाई पालन ब्यवसायबाट पनि मासिक करिब ३ लाखको दुध विक्री गरिरहेको छ । अनि खर्च कटाएर मासिक करिब ७५ हजार बचत भइरहेको छ ।

मानबहादुर जस्तै ३ वर्षदेखि बाख्रा पाल्न थालेकी तुलसीपुरकी पु्ष्पा विष्टले पनि उन्नत जातको बाख्रा पालेर आम्दानी गरिरहनु भएको छ।

सरकारले कृषि कर्ममा लाग्ने युवालाई सहुलियत ऋण दिने तथा उनीहरुको व्यवसायमा सघाउने नीति लिएको छ । तर दाङमा बाख्रा पालन गरेका किसानले कतैबाट पनि केही सहयोग र अनुदान पाएका छैनन् ।

किसानले अनुदान र ऋण नपाएको भनेपनि तुलसीपुर उपमहानगरपालिकाले त्यसलाई अस्वीकार गरेको छ । किसानलाई विउविजनदेखि कृषि औजार सिंचाइमा अनुदान दिँदै आएको उपमहानगरपालिकाको दाबी छ ।

कोरोना महामारीले उद्योग व्यापार प्रभावित भइरहेका बेला कृषि बलियो विकल्प हुन सक्छ । यो चुनौतीलाई अवसरमा बदल्ने गरी तीनै तहको सरकारले कार्यक्रम ल्याउनुपर्छ । र उसले दिने अनुदान मानबहादुर र पुष्पाजस्ता किसानले पाउने गरी दिनु पनि पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *