आईपीएलमा चेन्नईको विजयी सुरुवात, मुम्बई ५ विकेटले पराजित

४ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग, आइपीएलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ ।
आइपीएल अन्तर्गत चेन्नईले साविक मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गरेको हो । १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ दशमलव २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
चेन्नईको जितमा अम्बाटी रायाडुले ७१ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै फाफ डुप्लेसिस ५५ रनमा अविजित रहे ।
यसअघि युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ् गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको थियो ।
उसका लागि सौरभ तिवारीले ४२ तथा क्विन्टन डिककले ३३ रन जोडे । बलिङमा चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आज सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र किंग्स एलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया