विदेश

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक

हिमालय टिभी
२०७७ असोज ४ गते ७:४६
भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक

४ असोज, २०७७ काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमितसँगै त्यहाँ संक्रमितको संख्या झण्डै ५४ लाख पुगेको हो । संक्रमित संख्याको आधारमा दोस्रो स्थानको भारतमा दैनिक संक्रमितको संख्यामा कमी आउन सकिरहेको छैन ।

त्यहाँ पछिल्लो एक साता यता दैनिक संक्रमित हुनेको संख्या ८० हजार भन्दा माथि रहेको छ । त्यहाँ संक्रमितमध्ये ४२ लाख बढी संक्रमणमुक्त हुँदा झण्डै १० लाख उपचाररत छन् । त्यस्तै पछिल्लो पटक अमेरिका ४२ हजार भन्दा बढी संक्रमित थपिंदा ब्राजिलमा ३० हजार जनामा संक्रमण भएको छ ।

अमेरिकामा संक्रमित हुनेको संख्या ६९ लाख नाघ्दा ब्राजिलमा ४५ लाख बढी संक्रमित पुगेका छन् । शनिबार विश्वभर २ लाख ९० हजार भन्दा बढी कोरोना संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार १ सय ४९, ब्राजिलमा ७ सय ८ तथा अमेरिकामा ६ सय ५७ जनाको मृत्यु भयो ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । त्यस्तै अमेरिकामा २ लाख ३ हजार भन्दा बढी तथा ब्राजिलमा १ लाख ३६ भन्दा बढीको संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *