आर्थिक

आकाशियो तरकारीको मूल्य, उपभोक्ता मारमा

हिमालय टिभी
२०७७ असोज ४ गते ७:३९
आकाशियो तरकारीको मूल्य, उपभोक्ता मारमा

४ असोज, २०७७ काठमाडौं । उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ ।

लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेकाले तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।

चैत ११ देखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका बेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् ।

दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञायता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताउनुभयो ।

सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएको छ ।

अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको दावी गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *