आर्थिक

फेवाताल-सराङकोट केबलकार निर्माण अवधि लम्बियो

हिमालय टिभी
२०७७ असोज ३ गते १७:२५
फेवाताल-सराङकोट केबलकार निर्माण अवधि लम्बियो

३ असोज, २०७७ पोखरा । पोखराको फेवाताल किनारबाट साराङकोट जोड्ने केबलकार निर्माणको अवधि लम्बिएको छ ।

बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि लकडाउन र निशेधज्ञाका कारण अन्नपूर्ण केवलकार निर्माण पछि धकेलिएको हो ।

२ हजार २ सय ७५ मिटर लामो यो केवलकारबाट मनमोहक दृश्य सहित बिहानीको सराङङकोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटक आकर्षित गर्ने निर्माण कम्पनीको दाबी छ ।

लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएपछि काम रोकिएको केवलकारका सुपरभाइजर अरुण कोइरालाले बताउनुभयो ।

निर्माणाधिन केवलकारको प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्ने क्षमता छ । सुरुमा १ अर्व लागत अनुमान गरिएपनि अहिले बढेर डेढ अर्ब पुग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *