खेलकूद

इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेट आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७७ असोज ३ गते ८:०१
इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेट आजदेखि शुरु हुँदै

३ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेट आजदेखि शुरु हुँदैछ ।

आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १३ औं संस्करण आजदेखि युएईमा शुरु हुन लागेको हो ।

युएईको अबुधाबीमा हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

दर्शकको उपस्थतिबिना शेख जायद रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

मुम्बई रोहित शर्माको कप्तानीमा रहेको टोली हो भने चेन्नईका कप्तान महेन्द्र सिंह धोनी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्