विदेश

भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजार बढीमा संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज ३ गते ७:५७
भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजार बढीमा संक्रमण पुष्टि

३ असोज, द्दण्ठठ काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यहाँ संक्रमितको संख्या ५३ लाख नाघेको छ ।

पछिल्लो समय सबैभन्दा प्रभावित अमेरिका र ब्राजिलमा संक्रमण केही नियन्त्रणमा आएपनि भारतमा दैनिक संक्रमितको दर अझै घट्न सकिरहेको छैन । संक्रमितमध्ये अहिलेसम्म ४२ बढी संक्रमणमुक्त भएका छन् भने १० लाख बढीको उपचार भइरहेको छ ।

त्यस्तै अमेरिकामा ४९ हजार बढी तथा ब्राजिलमा ३९ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा हालसम्म ६९ लाख बढी, भारतमा ५३ लाख बढी तथा ब्राजिलमा ४४ लाख बढी कोरोनाका संक्रमित छन् । शुक्रबार विश्वभर ३ लाख ११ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार बढीको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार २ सय २१, अमेरिकामा ९ सय २० तथा ब्राजिलमा ८ सय २० जनाले ज्यान गुमाए ।

अमेरिकामा हालसम्म २ लाख ३ हजार बढी, ब्राजिलमा १ लाख ३५ हजार बढी तथा भारतमा ८५ हजार बढी मानिसको संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *