खेलकूद

बार्सिलोनाका अध्यक्ष बार्टोमेउविरुद्ध पदाधिकारी र सदस्यले हस्तक्षर बुझाए

हिमालय टिभी
२०७७ असोज २ गते १७:२८
बार्सिलोनाका अध्यक्ष बार्टोमेउविरुद्ध पदाधिकारी र सदस्यले हस्तक्षर बुझाए

२ असोज, २०७७ काठमाडौं । अध्यक्ष जोसेप मारिया बार्टोमेउविरुद्ध अविस्वासको प्रस्तावका लागि बार्सिलोना क्लब कार्यसमितिका पदाधिकारी र सदस्यले हस्ताक्षर बुझाएका छन् ।

सदस्यले २० हजार ६ सय ८७ हस्ताक्षर संकलन गरेर क्लवमा दर्ता गरेको बार्सिलोनाले विज्ञप्ती मार्फत जनाएको हो ।

अविश्वासको प्रस्तावका लागि १६ हजार ५ सय २० सदस्यहरुको समर्थन आवश्यक हुने प्रावधान रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यससँगै एक वर्षको कार्यकाल बाँकि छँदै अध्यक्ष बार्टोमेउको पद फेरि एक पटक संकटमा परेको छ । यसअघि पनि कार्यसमितिका पदाधिकारीहरुकै विरोधका कारण उनले राजिनामा दिनुपर्नेसम्मको अवस्था आएको थियो ।

पछिल्लो समय क्लबको प्रदर्शन खस्किएको तथा प्रशिक्षक र खेलाडीसँगको बिग्रँदो सम्बन्धका कारण अध्यक्षको निकै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्