आर्थिक
कोरोनाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ हजार मजदुर बेरोजगार
२०७७ असोज २ गते १३:४२

२ भदौ, २०७७, सुनसरी । कोरोना महामारीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ हजार मजदुर बेरोजगार भएका छन् ।
छ महिना उद्योग पूर्ण क्षमतामा नआउँदा १५ हजार मजदुर बेरोजगार भएका हुन् । करिडोरमा ५० हजार मजदुर कार्यरत छन् । तीमध्ये ३० प्रतिशत अर्थात १० हजार बेरोजगार भएका हुन् ।
१४ हजारले आंशिक रोजगारी पाएका छन् । करिडोरमा २१ हजार मजदुरले भने पूर्णकालीन रोजगारी पाइरहेका छन् । करिडोरका साना–ठूला सबैखाले गरी ५ सय उद्योग छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार ठूला उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेका छन् । ती उद्योग तीन सिफ्टबाट दुुई सिफ्टमा झरेका छन ।
साना तथा मझौला उद्योगको उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरु पूर्ण बेरोजगार बनेका हुन् ।
प्रतिक्रिया