आर्थिक

एलपी ग्यास उद्योग संघले तोक्यो खाली सिलिण्डरको मूल्य

हिमालय टिभी
२०७७ असोज २ गते १३:०७
एलपी ग्यास उद्योग संघले तोक्यो खाली सिलिण्डरको मूल्य

२ असोज, २०७७ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ ।

ग्यास विक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डर विक्री गरेको भन्दै संघले पहिलो चरणमा बागमती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार बागमती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकिएको छ ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता डिलरमार्फत लिनसमेत अनुरोध गरेको छ ।

संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै त्यसो गरेको थाहा पाए कारबाही गर्ने जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *