समाज

रत्ननगर नगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज २ गते १३:०२
रत्ननगर नगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि

२ असोज, २०७७, चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँले भदौ २८ गते भरतपुरको कोभिड १९ ल्याब मार्फत स्वाब दिनु भएको थिए । हिजो उहाँमा संक्रमण पुष्टि भएको हो ।

अहिले स्वस्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख वनले जानकारी दिनुभएको छ । उहाँ अहिले घरकै आइसोलेसनमा बसिरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्