समाज

नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर ल्याब सञ्चालन

हिमालय टिभी
२०७७ असोज २ गते १२:५१
नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर ल्याब सञ्चालन

२ असोज, २०७७, बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना परीक्षणका लागि पीसीआर ल्याब संचालनमा ल्याएको छ ।

करिब ९० लाखको लागतमा अत्याधुनिक उपकरण जडित पीसीआर ल्याबमा दैनिक ३ सय वटा नुमना परीक्षण गर्ने क्षमता रहेको कलेजका माइक्रोबायोलोजिष्ट एब असिसटेन्ट प्रोफेसर संदीप पोखरेलले बताउनुभयो ।

शिक्षण अस्पताल कोहलपुरमा पीसीआर ल्याब संचालनमा आएसँगै बाकेमा पीसीआर ल्याबको संख्या ३ पुगेको छ । भेरी अस्पतालले बैशाखको पहिलो साता देखि नै पिसिआर ल्याब संचालन गर्दै आएको छ भने निजी लगानीमा भदौको दोस्रो सातादेखि बागेश्वरी ल्याब संचालनमा आएको थियो ।

तीन वटा ल्याब संचालन भएसँगै बाकेमा सहजै दैनिक १ हजार वटा सम्म पीसीआर टेष्ट हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *