विदेश
विश्वमा एकैदिन थपिए तीन लाख सात हजार कोरोना संक्रमित
२०७७ असोज २ गते ७:४५

२ असोज, २०७७ काठमाडौं । विश्वमा एकै दिन तीन लाख सात हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्वमा एकै दिन तीन लाख सात हजारमा कोरोना संक्रमण देखिएसँगै विश्वभर संक्रमितको संख्या तीन करोड तीन लाख ३३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा संक्रमित थपिएका छन् । संक्रमण दर स्थिर रहेको भारतमा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएका छन् ।
योसँगै भारतमा अहिलेसम्म ५२ लाख १२ हजार भन्दा बढी संक्रमित भएका छन् । भारतमा थप एक हजार एक सय ७४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।
उता अमेरिकामा ४६ हजार संक्रमित थपिएका छन् भने थप ८ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ३५ हजार ७ सय ५७ जना संक्रमित थपिएका छन् ।
विश्वमा दुई करोड २० लाख संक्रमित निको भएका छन् ।
प्रतिक्रिया