आर्थिक
काठमाडौंको तीनकुनेबाट ४२ बोरा प्याज जफत गरियो
२०७७ असोज १ गते १५:१९

१ असोज, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ ।
तीनकुनेको हरितगृह तरकारी बजारमा आज बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो ।
विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन समितिले जनाएको छ । बदमासी गर्नेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताइएको छ ।
भारतले प्याज निर्यात बन्द गरेलगत्तै नेपालमा कतिपय व्यापारीले कालोवजारी गरेका छन् ।
प्रतिक्रिया