खेलकूद
दुर्घटनामा घाइते क्रिकेटर भण्डारीको आज शल्यक्रिया
२०७७ असोज १ गते ९:५५

१ असोज, २०७७ काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुँदैछ ।
आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले शल्यक्रिया गरिन लागेको ग्राण्डी इन्टरनेशनल अस्पतालले जनाएको छ ।
शरीरभित्रका चोटमा सुधार भएको र सबै रिपोर्ट राम्रो आएकाले आज दायाँ हात र खुट्टाको शल्यक्रिया गरिने अस्पतालका निर्देशक उनको उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डे बताउनु भएको छ ।
गत आइतबार कञ्चनपुरको झलारीमा भण्डारी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । धनगढीमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत उनलाई यही सोमबार ग्राण्डी ल्याइएको थियो ।
प्रतिक्रिया