अष्ट्रेलियाले जित्यो इंग्ल्याण्डविरुद्धको तीन एकदिवसीय क्रिकेट श्रृङ्खला
१ असोज, २०७७ काठमाडौं । इंग्ल्याण्डविरुद्धको तीन एकदिवसीय क्रिकेट खेलको श्रृङ्खला अष्ट्रेलियाले जितेको छ ।
तेस्रो तथा अन्तिम एकदिवसीय खेल ३ विकेटले जित्दै अष्ट्रेलियाले श्रृंखलामा २-१ ले कब्जा गरेको हो । ३ सय ३ रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशमलव ४ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो ।
उसका लागि ग्लेन म्याक्सबेलले १ सय ८ तथा एलेक्स केरीले १ सय ६ रनको शतकीय इनिंग्स खेले । बलिङ्तर्फ इंग्ल्याण्डका क्रिस ओक्स र जोय रुटले समान २–२ विकेट लिए ।
यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ् गरेको घरेलु टोली इंग्ल्याण्डले निर्धारित पचास ओभरमा सात विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो । उसका लागि जोन्नी बेरिष्टोले १ सय १२ रन बनाए ।
त्यस्तै क्रिस ओक्सले ५० रन जोडे । बलिङ्मा अष्ट्रेलिया मिचेल स्टार्स र आदम जाम्पाले समान ३३ विकेट हात पारे । अष्ट्रेलिया ग्लेन म्याक्सबेल म्यान अफ द म्याच र म्यान अफ द सिरिज चुनिए ।
पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल घरेलु टोली इंग्ल्याण्ड २४ रनले जितेको थियो ।
प्रतिक्रिया