विदेश

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १ गते ७:५३
भारतका केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण पुष्टि

१ असोज, २०७७ नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको गडकरीले जानकारी गराका हुन।

आफूलाई कमजोर अनुभव भएपछि चिकित्सकसँग परामर्श गर्ने क्रममा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ देखिएको उनको भनाइ छ ।

तत्पश्चात उनी आफै आइसोलेशनमा बसेका छन्। साथै उनले आफूसँग सम्पर्कमा आएकालाई समेत सावधान रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *