विदेश

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन ९७ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ असोज १ गते ७:४६
भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन ९७ हजार बढी संक्रमित

१ असोज, २०७७ काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

पछिल्लो समय सबैभन्दा प्रभावित अमेरिका र ब्राजिलमा संक्रमण केही नियन्त्रणमा आएपनि भारतमा दैनिक संक्रमितको दर अझै घट्न सकिरहेको छैन ।

बितेको २४ घण्टामा भारतमा ९७ हजार ८ सय भन्दा बढी जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एक दिनमा संक्रमित हुने भारतसहित विश्वमै उच्च हो ।
यसअघि गएको सेप्टेम्बरमा ११ मा त्यहाँ ९७ हजार ६ सय भन्दा बढी संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा ४० हजार बढी तथा ब्राजिलमा ३७ हजार बढी संक्रमित थपिए ।

अमेरिकामा हालसम्म ६८ लाख बढी, भारतमा ५१ लाख बढी तथा ब्राजिलमा ३७ लाख बढी कोरोनाका संक्रमित छन् । बुधबार विश्वभर ३ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार बढीको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ हजार १ सय ५१, भारतमा १ हजार १ सय ३९ तथा ब्राजिलमा ९ सय ६७ जनाले ज्यान गुमाए ।

अमेरिकामा हालसम्म २ लाख १ हजार बढी, ब्राजिलमा १ लाख ३४ हजार बढी तथा भारतमा ८३ हजार बढी मानिसको संक्रमणबाट मृत्यु भैसकेको छ । आज मेक्सिकोमा ४ हजार बढी संक्रमित थपिंदा ३ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *