विदेश

रुसले भारतलाई १० करोड डोज कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

हिमालय टिभी
२०७७ असोज १ गते ७:४४
रुसले भारतलाई १० करोड डोज कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

१ असोज, २०७७ मस्को । रुसले भारतलाई आफूले उत्पादन गरेको कोभिड–नाइन्टिन खोपको १० करोड खोप दिने भएको छ ।

कोरोना भाइरसविरुद्धको खोप उत्पादक रसियाली प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले भारतको डा. रेड्डी ल्याबोरेटोरीजलाई १० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो।

कोषले रुसमा कोरोनाविरुद्धको स्पुतनिक भी नामक खोप विकास गरेको छ। कोषद्वारा प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा. रेड्डीबीच सम्झौता भएको उल्लेख छ।

कोषले भारतीय नियामक निकायबाट अनुमति पाए लगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने समेत बताएको छ। रुसको स्वास्थ्य मन्त्रालयले गत अगष्ट ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *