खेलकूद

खेल प्रशिक्षण सुरु गर्न के हुँदै छ तयारी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १ गते ६:३०
खेल प्रशिक्षण सुरु गर्न के हुँदै छ तयारी ? (भिडियोसहित)

१ असोज २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि ६ महिनाअघि देश लकडाउनमा गएसँगै खेलाडीले नियमित प्रशिक्षण गर्न पाएका छैनन् ।

नेपालमै भएको दक्षिण एशियाली खेलकुद सागमा पदक जितेर ओलम्पिकका लागि हौसिएका खेलाडी प्रशिक्षण् गर्न नपाउँदा अहिले निराश छन् । उनीहरु अभ्यासका लागि सरकारको अनुमति कुरेर बसेका छन् ।

लकडाउन हटेसँगै सरकारले तोकको मापदण्डलाई पालना गर्दै खेलाडी अभ्यासमा फर्किएका थिए । घरको सिमित वातावरणमा समेटिएका खेलाडी कोर्टमा फर्किदा हौसिएका पनि थिए । तर लगत्तै सुरु भएको निषेधाज्ञाले खेलाडीलाई निराश बनायो ।

अहिले अवस्था केही खुकुलो बन्दै गएको छ । उद्योग, कलकारखानादेखि अन्य व्यवसाय मापदन्ड अपनाएर खुल्न थालेका छन् । तर धेरै भीडभाड हुने भन्दै खेल गतिविधिमाथिको प्रतिबन्ध कायम नै छ ।

जसले गर्दा प्रतियोगितामा मात्र हैन, अभ्यासमा समेत अवरोध भएको छ । खेलाडीको यो समस्या बुझेर राष्ट्रिय खेलकुद परिषद राखेपले खेलाडीलाई मैदान फर्काउन पहल गरिरहेको छ ।

पदकाधारी खेलाडीलाई तत्काल प्रशिक्षणमा फर्काउने राखेपको योजना छ । विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशले बनाएका मापदण्ड पालना गर्दै अन्तर्राष्ट्रिय खेल प्रतियोगिता शुरु भएका छन् ।

विश्वका अन्य देशमा आफ्नै होस्टेल भएका कारण पनि खेल गतिविधि सञ्चालनमा समस्या छैन । तर नेपालमा त्यो पूर्वाधार नभएकाले समस्या छ । घर वा डेरामा बसेर खेल्नुपर्ने भएका कारण खेलाडी जोखिममा पर्ने खतरा छ । तर पनि खेलाडी जोखिमकै बिच पनि प्रशिक्षणका लागि तयार छन् ।

खेलाडी खेल वातावरणको पर्खाइमा छन् । अन्तर्राष्ट्रिय स्तरमा विगतमा नेपाली खेलाडीले हात पारेको सफलतालाई जोगाउन भए पनि खेलाडीमा अभ्यासको खाँचो छ ।

खेलाडीको विषयमा समयमा नै ध्यान नदिने हो भने नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता औपचारिकतामा पनि सीमित हुने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्