खेलकूद
इंग्ल्याण्ड र अष्ट्रेलियाबीच तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज
२०७७ भदौ ३१ गते १३:४९
३१ भदौ, २०७७ काठमाडौं । इंग्ल्याण्ड र अष्ट्रेलिया बीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ ।
इंग्ल्याण्डको म्यानचेस्टरमा हुने निर्णायक खेलमा दुबै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यसअघि दुबैले एकएक खेल जितेका छन् । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल घरेलु टोली इंग्ल्याण्डले २४ रनले जितेको थियो ।
यसअघि इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको तीन ट्वेन्टीट्वेन्टी खेलको श्रृंखला २–१ ले जितेको थियो ।
प्रतिक्रिया