समाज

पर्सामा १५२ जनामा गरिएको परीक्षणमा ५ जनामा मात्र कोरोना पुष्टि

हिमालय टिभी
२०७७ भदौ ३१ गते १३:३९
पर्सामा १५२ जनामा गरिएको परीक्षणमा ५ जनामा मात्र कोरोना पुष्टि

३१ भदौ, २०७७ पर्सा । कोरोनाको हटस्पट बनेको पर्सामा पछिल्लो समय कोरोना संक्रमित घट्न थालेका छन् ।

पछिल्लो समय एक सय ५२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५ जनामा मात्र संक्रमण देखिएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा मङगलबार राति पर्साका १५२ जनाको स्वाब परीक्षण गर्दा ५ जनामा मात्र संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनुभयो ।

उनीहरु सबै फरक फरक ठाउँका छन् । ५ जना थपिएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

ती मध्ये १ हजार ८३७ जना संक्रमणमुक्त भइसकेका छन् । ४३ जनाको भने मृत्यु भएको छ । श्रीवास्तवका अनुसार अब पर्सामा कोभिड अस्पताल, होम आइशोलेसनन र सामुदायिक आइशोलेसनमा गरी १ सय ५२ जना सक्रिय संक्रमति छन्।

वीरगन्जस्थित कोभिड अस्पतालको आइशोलेसनमा अब ३७ जना, होम आइसोलेसनमा २१ जना र जिल्लाका विभिन्न स्थानका सेमी र सामुदायिक आइसोलेसन ८९ जना मात्रै संक्रमित उपचाररत रहेको श्रीवास्तवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *