विदेश

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, एकैदिन ९१ हजार बढी संक्रमित

हिमालय टिभी
२०७७ भदौ ३१ गते ७:४४
भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, एकैदिन ९१ हजार बढी संक्रमित

३१ भदौ, २०७७ काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९१ हजारभन्दा बढी संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या ५० लाख नाघेको छ । संक्रमित संख्याको आधारमा दोस्रो स्थानको भारतमा दैनिक संक्रमितको संख्या घट्न सकेको छैन ।

त्यहाँ पछिल्लो एक साता यता दैनिक संक्रमित हुनेको संख्या ८० हजारभन्दा माथि रहेको छ । त्यहाँ संक्रमितमध्ये ३९ लाख बढी संक्रमणमुक्त हुँदा झण्डै १० लाख उपचाररत छन् ।

त्यस्तै पछिल्लो पटक अमेरिका ३५ हजार बढी संक्रमित थपिंदा ब्राजिलमा ३४ हजार जनामा संक्रमण भएको छ । अमेरिकामा ६७ लाख बढी तथा ब्राजिलमा ४३ लाख बढी संक्रमित पुगेका छन् । मंगलबार विश्वभर २ लाख ७५ हजार भन्दा बढी कोरोना संक्रमित थपिए ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा झण्डै ६ हजार जनाको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी १ हजार २ सय ८३, अमेरिकामा १ हजार १ सय ६३ तथा ब्राजिलमा १ हजार ९० जनाको मृत्यु भयो ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । त्यस्तै अमेरिकामा २ लाख बढी तथा ब्राजिलमा १ लाख ३३ जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *