पाेखराकाे पर्यटन उद्याेग गम्भीर संकटमा: २५ प्रतिशत व्यवसायी पलायन (भिडियोसहित)

३० भदौ, २०७७ पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको पर्यटन उद्योग गम्भीर संकटमा परेको छ । गत ६ महिनामा २५ प्रतिशत पर्यटन व्यवसायी पलायन भएको अनुमान गरिएको छ । अहिलेकै अवस्था रहे यो संख्या ५० प्रतिशत पुग्ने व्यवसायीको दाबी छ ।
पोखराको पर्यटन क्षेत्र इतिहासमै कठिन अवस्थामा पुगेको छ । बर्षौदेखि पर्यटन क्षेत्रमा जमेका व्यवसायी पनि अहिले धरमराएका छन् । कोरोनाका कारण गण्डकीको पर्यटन क्षेत्रले दैनिक १३ करोड नोक्सानी ब्यहोर्न परेको व्यवसायी बताउँछन् ।
कोरोनाका कारण करिब १० हजार पर्यटन सेवामा आवद्ध फर्ममा प्रत्यक्ष काम गर्ने ७५ हजार कर्मचारी मध्ये ७० देखि ८० प्रतिशतले पेशा छाडिसकेका छन् ।
यही अवस्था रहिरहे अबको ६ महिना भित्र ५० प्रतिशत व्यवसायी पेशा परिवर्तन गर्न बाध्य हुने आंकलन गर्न थालिएको छ । जेनतेन टिकेका व्यवसायी पनि घर भाडा र बैंकको ऋणका कारण दबाबमा छन् ।
अवस्था सुधार भए पनि तत्काल पर्यटक आइहाल्ने अवस्था छैन । यसको असर कम्तिमा पनि ५ बर्ष लाग्ने व्यवसायीको अनुमान छ ।
देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने पर्यटन क्षेत्र अहिले अप्ठ्यारो अवस्थामा पुगेको छ । अब पोखराको पर्यटन व्यवसाय जोगाउन सरकारी स्तरबाटै पहलको खाँचो छ ।
प्रतिक्रिया