आर्थिक

यो वर्ष नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

हिमालय टिभी
२०७७ भदौ ३० गते १८:०५
यो वर्ष नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

३० भदौ, २०७७ काठमाडौं । एशियाली विकास बैंक एडीबीले सन २०२० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आगामी वर्ष यो प्रतिशत अझ घट्ने उसको अनुमान छ ।

एडीबीले एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्ज‍वजनिक गर्दै कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको प्रक्षेपण गरेको हो । गत जुनमा पनि यो वर्ष २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भएको थियो । तर त्यसअघि अप्रिलमा सार्वजनिक भएको प्रतिवेदनमा यो वर्ष ५ दशमलव ३ प्रतिशतको प्रक्षेपण थियो ।

कोरोना महामारीसँगै लकडाउनले अर्थतन्त्र थप शिथिल बन्दै गएको भन्दै बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण ३ प्रतिशतले घटाएको हो । बैंकको यो प्रक्षेपण सरकारी लक्ष्यभन्दा निकै कम हो ।

कोरोना महामारीकैबीचमा पनि सरकारले यो आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा अवस्था झन नाजुक हुने एडीबीको प्रक्षेपण छ । त्यो बेला नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतमा खुम्चने उसको अनुमान छ ।

एडीबीले यो वर्ष एशियाको आर्थिक वृद्धिदर ६० वर्षयताकै न्यून हुने प्रक्षेपण पनि गरेको छ । दक्षिण एसियामा सबैभन्दा राम्रो अवस्था बंगलादेशको देखिएको छ भने माल्दिभ्स र भारतको अर्थतन्त्र नाजुक बनेको छ । यो वर्ष बंगलादेशले ५ दशमलव २ प्रतिशतको वृद्धिदर हासिल गर्ने एडीबीको अनुमान छ ।

माल्दिभ्सको अर्थतन्त्र माइनस २० दशमलव ५ तथा भारतको वृद्धिदर माइनस ९ प्रतिशतले ओरालो लाग्ने प्रक्षेपण गरिएको छ । श्रीलंका, अफगानिस्तान र पाकिस्तानको अर्थतन्त्र पनि माइनसमा जाने देखिएको छ ।

कोरोना महामारीका कारण एशियाको आर्थिक वृद्धिदर माइनस शुन्य दशमलव ७ प्रतिशतमा झर्ने एडीबीको अनुमान छ । एसियाका अधिकांश मुलुकको बृद्धिदर माइनसमा जाने प्रक्षेपण उसको छ ।

सन् २०२१ मा भने एशियाको अर्थतन्त्रले गति लिने अनुमान छ । आगामी वर्ष एशियामा ६ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *