आर्थिक
भारतद्वारा प्याज निर्यातमा प्रतिबध
२०७७ भदौ ३० गते १४:५३

३० भदौ, २०७७ नयाँ दिल्ली । भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाए लगत्तै नेपालमा प्याजको मूल्य बढाइएको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भारतीय प्याजको मुल्य आज प्रतिकिलो ७५ रुपैयाँ कायम भएको छ ।
यो हिजोको तुलनामा २५ प्रतिशतले बढी हो । खुद्रा पसलमा प्याजको मुल्य प्रतिकिलो ८० देखि १ सय रुपैयाँ सम्म लिन थालिएको छ ।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालयले हिजो सूचना जारी गर्दै सबै प्रकारका प्याजको निर्यातमा रोक लगाएको थियो ।
भारतमा एक महिनाभित्रै प्याजको भाउ तीन गुणासम्म महँगो भएको छ । दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक हो ।
प्रतिक्रिया