विदेश
रुसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार
२०७७ भदौ ३० गते १३:१७

३० भदौ, २०७७ जर्मनी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ ।
नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको जर्मनीको राजधानी बर्लिनमा रहेको अस्पतालले जनाएको हो ।
४४ वर्षीय नाभाल्नी केही समय हिड्न समेत थालेको र उनको भेन्टिलेटर हटाइएको अस्पतालको भनाइ छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नी रुसमा आन्तरिक हवाई उडानका क्रममा बिरामी परेका थिए ।
शुरुवाती उपचार रुसमा गरे पश्चात उनलाई थप उपचारका लागि जर्मनी लगिएको थियो ।
जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व मिसाएर दिइएको जनाएका छन् ।
प्रतिक्रिया