भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघ्यो, एकैदिन ८१ हजार बढी संक्रमित

३० भदौ, २०७७ काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या ४९ लाख नाघेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमित संख्या लगातार बढिरहेको भारतमा संक्रमितको संख्या ४९ भन्दा बढी पुगेको छ ।
त्यस्तै संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार बढी संक्रमणमुक्त भैसकेका छन् भने ९ लाख ८९ हजार बढी उपचाररत छन् ।
त्यस्तै पछिल्लो पटक अमेरिका ३७ हजार बढी संक्रमित थपिंदा ब्राजिलमा १९ हजार जनामा संक्रमण भएको छ । सोमबार विश्वभर २ लाख ४० हजार भन्दा बढी कोरोना संक्रमित थपिए ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० हजार ८ सय ८ पुगेको हो ।
संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिकामा १ लाख ९८ हजार बढीको तथा ब्राजिलमा १ लाख ३२ हजार बढीको मृत्यु भएको छ । सोमबार विश्वभर ४ हजार भन्दा बढीले संक्रमणका कारण ज्यान गुमाए ।
प्रतिक्रिया