खेलकूद

इंग्लिस प्रिमियर लीगमा चेल्सीको विजयी शुरुवात, ब्राइटन ३–१ ले पराजित

हिमालय टिभी
२०७७ भदौ ३० गते ७:३३
इंग्लिस प्रिमियर लीगमा चेल्सीको विजयी शुरुवात, ब्राइटन ३–१ ले पराजित

३० भदौ, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा चेल्सीले विजयी शुरुवात गरेको छ ।

प्रिमियर लीगको पहिलो खेलमा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित निकालेको हो । ब्राइटनको घरेलु मैदानमा चेल्सीका लागि जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले एक(एक गोल गरे ।

ब्राइटनका तर्फबाट लियान्ड्रो ट्रोसार्डले सान्त्वना गोल फर्काए । चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ब्राइटनका गोलकिपरले चेल्सीका फरवार्ड टिमो वार्नरलाई डिबक्स भित्र लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।

५४ औं मिनेटमा ट्रोसार्डले गोल गरेपछि खेल एकएकको बराबरी भयो । बराबरी गोल फर्काएको दुई मिनेटमै चेल्सीले जेम्सको गोलसँगै खेलमा पुन अग्रता बनायो । ६६ औं चेल्सीका डिफेन्डर जुमाले कमजोर डिफेन्सको फाइदा उठाउँदै चेल्सीका लागि तेस्रो गोल थपे ।

लीग अन्तर्गत उल्भ्सले पनि पहिलो खेलमा जित निकालेको छ । उल्भ्सले सेफिल्ड युनाइटेडलाई २-० गोलले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

सेफिल्डको घरेलु मैदानमा उल्भ्सको जितमा राउल जेमिनेज र रोमेन साइसले एकएक गोल गरे । जेमिनेजले खेलको तेस्रो मिनेट र छैटौं मिनेटमा रोमेनले गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्