आर्थिक

कोरोनाका कारण पाँच महिनादेखि बन्द चन्द्रगढी विमानस्थलमा उडान अभ्यास (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २९ गते १८:४४
कोरोनाका कारण पाँच महिनादेखि बन्द चन्द्रगढी विमानस्थलमा उडान अभ्यास (भिडियोसहित)

२९ भदौ, २०७७ झापा । कोरोना संक्रमणको जोखिम कम गर्न भनेर सरकारले लकडाउन घोषणा गरेपछि पाँच महिनाभन्दा बढी समयदेखि चन्द्रगढी विमानस्थल बन्द छ । तर झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आन्तरिक उडान सुरु भए कोरोना संक्रमणको जोखिम कम गरेर कसरी यात्रुलाई विमान चढाउने भनेर अभ्यास गरिरहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण पाँच महिनाभन्दा बढी समय सुनसान झापा भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा काठमाडौँ जाने यात्रु भेला भए । अरु बेला एक घन्टाअघि एयरपोर्ट समय भनिए पनि डेढघण्टा अघि नै बुद्ध एयरको चेक इन काउन्टर खुल्यो । यात्रु दूरी कायम गरेर बनाइएको घेरामा उभिए।

विमानस्थल भवनको प्रवेशद्वारमा पीपीई लगाएका सुरक्षाकर्मीले तापक्रम नापे। एयरलाइन्सका कर्मचारीले यात्रुको हात स्यानिटाइज गरे। अन्तिम सुरक्षा जाँच पनि पीपीई लगाएकै सुरक्षाकर्मीबाट भयो । जब यात्रु रन वेमा पुगे, त्यहाँ विमान भने थिएन।

विमान नहुनु स्वाभाविक हो, किनकी आन्तरिक उडान अहिले बन्द छ । किनकी यो त उडान शुरु भएमा कोरोना कहरमा कसरी सुरक्षित उडान गर्न सकिन्छ भनेर गरिएको अभ्यास मात्रै थियो ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयको आयोजना र निजी क्षेत्रका बुद्ध, यति, श्री र सीता एयरलगायतका विमान कम्पनीको सहयोगमा यो अभ्यास भएको हो । यात्रुका रुपमा टयाक्सी र ट्राभल व्यवसायी सहभागी भए ।

लकडाउन अघिसम्म काठमाडौ–भद्रपुर दैनिक विभिन्न एयरलाइन्सका १० वटा उडान हुने गरेका थिए । सरकारले अनुमति दिए दैनिक ४ वटा उडान भर्न विमान कम्पनी तयार छन् । र, यो रिहर्सल कोरोना संक्रमण फैलिन नदिने गरी उडान भर्न सक्षम छौं भनेर दिइएको सन्देश पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *