खेलकूद

दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीलाई काठमाडौं ल्याइयो

हिमालय टिभी
२०७७ भदौ २९ गते १८:१२
दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीलाई काठमाडौं ल्याइयो

२९ भदौ, २०७७ काठमाडौं । दुर्घटनामा परेर गम्भिर घाइते भएका क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमान्डौ ल्याइएको छ ।

धनगढीबाट महेन्द्रनगरका लागि छुटेको से १ ख १३२४ नम्बरको ट्रकको ठक्करबाट म २ प ४७०५ नम्बरको मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी र उहाँका नातेदार करन ठगुन्ना घाइते हुनुभएको थियो ।

भण्डारीलाई गएराती कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । भण्डारीको टाउकोमा कुनै चोटपटक लागेको नदेखिए पनि कलेजोमा भने चोट देखिएको शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

क्रिकेटर भण्डारीको अवस्था खतरामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो । भण्डारीलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच नेपाल क्रिकेट संघ क्यानले ललितको उपचारमा सकयोग गर्ने प्रतिबद्धता जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति निकालेर ललितको उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । क्यानले अन्य सरोकारवाला निकायको पनि सहयोगको अपेक्षा गरेको छ ।

यसैबीच नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ललितको उपचारमा सहयोग गर्न सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्