समाज

बाँकेमा १० किलो अफिमसहित दुई जना पक्राउ

हिमालय टिभी
२०७७ भदौ २९ गते १७:०४
बाँकेमा १० किलो अफिमसहित दुई जना पक्राउ

२९ भदौ, २०७७ बाँके । बाँके प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दाङ घोराहीका २४ वर्षीय बसन्त घर्ती र रुकुमपूर्व उत्तर गंगाका ५३ वर्षीय धनबहादुर सेनलाई बाँकेको कुसुमबाट अफिमसहित पक्राउ गरेको हो ।

उनीहरु लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

अभियोग पुष्टि भए उनीहरुलाई १५ बर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *