विदेश

चिनियाँ एप टिकटक ओराकललाई बेच्ने तयारी

हिमालय टिभी
२०७७ भदौ २९ गते १४:३१
चिनियाँ एप टिकटक ओराकललाई बेच्ने तयारी

२९ भदौ, २०७७, न्युयोर्क । चिनियाँ भिडियो–सेयरिङ एप टिकटकले अमेरिकामा आफ्नो व्यवसाय माइक्रोसफ्टको सट्टा ओराकललाई बिक्री गर्ने भएको छ ।

माइक्रोसफ्टले गरेको प्रस्ताव टिकटकले अस्वीकार गरेपछि अमेरिकामा टिकटकको स्वामित्व ओराकलले पाउने भएको हो । टिकटकको अमेरिकी व्यवसाय खरीद गर्ने बारेमा लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ ।

अमेरिकाले सेप्टेम्बर २० सम्ममा टिकटकले आफ्नो व्यवसाय अमेरिकी कम्पनीलाई नबेचे प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसका कारण टिकटकलाई अमेरिकाको व्यवसाय बेच्नै पर्ने बाध्यता छ । टिकटक खरिद गर्ने ओराकलले डेटाबेस सफ्टवेयर निर्माण गर्दछ ।

यी दुई कम्पनीबीच हुने किनबेचको विषयलाई अमेरिकाको वैदेशिक लगानी समितिले मुल्यांकन गरेपछि मात्र अन्तिम टुंगो लाग्ने छ । विश्वभर ७० करोड प्रयोगकर्ता भएको टिकटक अमेरिकामा मात्रै १० करोडले चलाउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *