खेलकूद

इंग्लिस प्रिमियर लीगमा लेष्टर सिटी र एभर्टनको विजयी शुरुवात

हिमालय टिभी
२०७७ भदौ २९ गते ७:३८
इंग्लिस प्रिमियर लीगमा लेष्टर सिटी र एभर्टनको विजयी शुरुवात

२९ भदौ, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी र एभर्टनले विजयी शुरुवात गरेका छन् ।

लीग अन्तर्गत लेष्टरले वेष्टब्रोममाथि ३(० गोलको जित निकालेको हो । अवे मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई र टिमोथी कास्टाग्नेले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा टिमोथीले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि ७४ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई २(० को अग्रता दिलाए ।

वेस्ट ब्रोमका केलीले भार्डीलाई फाउल गरेपछि लेष्टरले पेनाल्टीको अवसर पाएको थियो । ८४ औं मिनेटमा भार्डीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३(० को जित दिलाए ।

वेस्ट ब्रोमका डाराले लेष्टरका जस्टिनलाई फाउल गरेपछि लेष्टरले दोस्रो पटक पेनाल्टी पाएको थियो । जितसँगै लेष्टरले ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । त्यस्तै एक खेलबाट समान तीन अंक रहेको आर्सनल शीर्ष स्थानमा रहेको छ ।

लीग अन्तर्गत नै एभर्टनले टोटेह्याममाथि एक(शुन्यको जित निकाल्यो । एभर्टनका लागि ५५औं मिनेटमा डोमिनिक कालभर्ट लेविनले गरेको गोल नै निर्णायक रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्